थप १७ सय १४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि
९ जनाको मृत्यु, चार हजार सात सय ७१ जना संक्रमणमुक्त
काठमाडौं, माघ २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १७ सय १४ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल आठ हजार पाँच सय १३ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार आठ सय तीन पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार हजार सात सय ७१ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ५२ हजार सात सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २२, २०७८ १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय