भारतिय गायिका लता मंगेशकरको निधन
मुम्बई, माघ २३। भारतिय प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । दशकौंदेखि आफ्नो सुमधुर आवाजले सबैको मनमा स्थान बनाउनुभएकी लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको हो । उहाँ एक महिना अघिदेखि बिरामी हुनुहुन्थ्यो । कोरोना संक्रमण र निमोनियाबाट ग्रसित उहाँलाई आईसीयूमा डाक्टरहरूको निगरानीमा राखिएको थियो।
संगीत उद्योगमा लता मंगेशकरको योगदान अतुलनीय रहेको छ । जसलाई कहिल्यै भुल्न सकिदैंन । लता मंगेशकरले आफ्नो ७८ वर्षको करियरमा २५ हजार गीत गाउनुभएको छ । उहाँले मधुबालादेखि प्रियंका चोपडासमेतलाई आफ्नो स्वर दिनुभएको थियो । उहाँ आफ्नो जीवनकालमा धेरै अवार्डहरुबाट सम्मानित हुनुभएको छ । उहाँ तीन पटक राष्ट्रिय पुरस्कार विजेता हुनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८ १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय