Kath khabar
ललितपुर नेपाल सुपर लिगको क्वालिफार्यसमा एक शुन्यको जित

काठमाडौं, वैशाख २९ । नेपाल सपुर लिगको एलिमिनेटर चरणमा बुटवल लुम्बनीलाई एक सुन्य गोलले हराएँदै ललितपुर सिटी एफसी क्वालिफाएर्समा प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि ललितपुरले काठमाण्डौँ रेजर्ससँग भिड्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलेको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । दुवै टिमले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको ६१ ऋौँ मिनेटको ललितपुर गोलको डेड लक तोड्यो । मिक्चेन तामाङको क्रसमा अञ्जन विष्टले सुन्दर डाइभिङ हेडर गोल गर्दै ललितपुरको खाता खोल्नु भएको हो । अञ्जनको यो लागातार दुइ खेलमा तीन गोल हो ।  

त्यसको चार मिनेटमा बुटवल लुम्बिनीका आशिस लामाले वान भर्सेस वानको अवस्थामा  गरेको प्रहारलाई ललितपुरका अपर्ण कार्कीले मुस्किलले बचाउनु भयो । ७९ औँ मिनेटमा ओमोलाजा करिमले गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा पुन सुमन लामाले गरेको प्रहारले पोष्ट दिशा लिन नसक्दा बुटवलले बराबरी गर्ने मौका गुमायो । ८७ औँ मिनेटमा अञ्जनले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । बाँकी समय बुटवलले गोल फर्काउन नसकेपछि ललितपुरले एक सुन्यको जित हात पार्न सफल भएको हो ।

बुटवलले खेल अवधी भर पाएको ८ भन्दा बढि गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । प्रतियोगितामा यो ललितपुरको लगातार तेस्रो जित हो । अब उसले  फाइनल प्रवेशका लागि भोली काठमाण्डौँसँग भिड्नेछ । लिग चरणमा पहिलो स्थानमा रहँदै प्ले अफमा प्रवेशमा गरेको काठमाण्डौँले धनगढी एफसीसँग दुइ एक गोलको पराजय ब्येहोरेको थियो । धनगढीले भने यस अघि नै फाइनलमा स्थान बनाइसकेको छ  । फाइनल खेल जेठ एक गते हुनेछ ।   

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update