काठमाडौं, माघ २३। एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध हुने भएको छ। देशको दूरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकहरूले अत्यन्त उत्साहजनक सहभागिता जनाई उक्त योजनाहरूलाई सफल बनाईदिएकोमा हाम्रा समस्त ग्राहकवर्ग, कर्मचारीहरू लगायत सबै सरोकारवालाहरू प्रति अत्यन्त अनुग्रहित रहँदै बैंक सबैमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ, बैकले विज्ञप्ति जारी गर्दे भएको छ ।
आम जनमानसको बैङ्किङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरूप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दे एक वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई पाँच वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको छ ।
साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकवर्गले तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ । उपरोक्तानुसारको सबै थप सुविधा र फाइदाहरू यस अघि सर्वश्रेष्ठ खाताहरू खोलेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्नेछन् । बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकले आग्रह गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू २ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसङ्ख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।