Kath Khabar
नेप्से राताम्मै, ४० अंकले घट्दा पाँच अर्ब ८३ करोडको कारोबार

काठमाडौं, माघ २३ । नेप्से राताम्मै भएको छ। साताको पहिलो कारोबार दिन आज नेप्सेमा १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समुहको सूचक घटेर नेप्से रातै भएको हो ।

सोही अनुरूप आज नेप्से ४० दशमलव ५७ अंकले घटेर २८ सय ३६ दशमलव १७ सीमित हुँदा सेन्सिटिभ पनि सात दशमलव ७३ अंकले घटेर पाँच सय ३१ दशमलव ९२ अंकमा सीमित हुन पुगेको छ । आज दुई सय २८ वटा कम्पनीहरूको ७३ हजार एक सय ९२ पटकको कारोबारमा एक करोड छ लाख ५१ हजार सात सय ५४ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट कुल कारोबार रकम पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार पाँच सय १० रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सबै समुहको सूचक घटेकाछन् ।

कारोबार भएका कुुल कम्पनीहरू मध्ये आज नेपाल हाइड्रो डेभलपर कम्पनी, सुर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर लिमिटेड, साहस ऊर्जा लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने वीन लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल नेपाल हाइड्रो लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज अरुण भ्याली हाइड्रो पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।


 

 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update