काठमाडौं, माघ २३। अन्तराष्ट्रिय चेन सैलुन हेयर एण्ड शान्ति युनिसेक्स सैलुनको २७ औं शाखा काठमाडौँको दरबारमार्गस्थित दरवार मलको पहिलो तल्लामा सुरु भएको छ । सैलुनको नेपाल उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष भवानी राणा र कलाकार किरण केसी (राता मकै) ले उद्घाटन गर्नुभएको हो ।
नेपालको १० औं शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेक अप, मेनिकेयर,पेडिकेयर लगायतको सेवा उपलब्ध भएको सन्चालक सरु थापाले बताउनुभयो । सैलुनको नयाँ शाखा १४ सय बर्गफिट फराकिलो रहेको छ। आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रविधि सुरु गरिएको सलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताउनुभयो । व्यवसायीहरू सरु थापा, दुर्गा प्रसाद सुवेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सलुन सुरु गर्नुभएको हो । ग्राहकको छाला र कपालको संवेदनशीलतामा ख्याल गर्दै विश्व बिख्यात सौन्दर्य साधनको प्रयोग गरिने सञ्चालकको दावी छ । २२ बर्ष अगाडि चितवन कि शान्ति श्रेष्ठले भारतमा हेयर एण्ड शान्ति युनिसेक्स सैलुनको सुरुवात गर्नुभएको हो ।