काठमाडौं, माघ २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८६ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल नौ हजार दुई सय ५१ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप आठ हजार सात सय चार जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार दुई सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौ उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप पाँच सय ६६ जना संक्रमित भएकाछन । जसमध्ये काठमाडौ जिल्लामा चार सय १०, ललितपुर जिल्लामा एक सय २४ र भक्तपुर जिल्लामा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।