Kath khabar
भुटानका शरणार्थीका कहानीमा आधारित ‘कुन हो मेरो देश’ को ट्रेलर सार्वजनिक

काठमाडौं, माघ २४। भुटानबाट लखेटिएका शरणार्थीहरूका अनगिन्ती कहानीहरू छन् । दुःखका अनेकौं शृंखला छन् । मुटुमा गाँठो परेर बसेका ति कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगे पश्चात साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भैरहेका  छन् ।

भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ को ट्रेलर भर्खरै सार्वजनिक गरिएको छ । यो  वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व  क्याप्टेन  बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे र सबैकुरा दिए र तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उहाँलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन सुब्बा र उहाँका परिवारजनले यस वृत्तचित्र मार्फत गर्नुभएको छ ।

फ्याम्ली प्रोडक्सनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपाली भाषी  भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहने जोकोहीले एकपटक हेर्नुपर्ने हुन्छ । बि एम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेसन रहेको छ । कमल राईको छायांकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको हो । असल टिभी यु ए.एस.ए.एल.एल टिभी नामक युट्युब च्यानल मार्फत ट्रेलर  सार्वजनिक गरिएको हो । ट्रेलर अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ । पुरा वृत्तचित्र छिट्टै नै सार्वजनिक गरिने निर्माण टिमले  बताएको छ ।

भिडियो लिंक
https://youtu.be/Ep6PD3RAW-g


 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update