Kath Khabar
नेप्सेमा करेक्सन, १५ अंकले बढ्दा पाँच अर्बको शेयर कारोबार

काठमाडौं, माघ २४। नेप्सेमा करेक्सन देखिएको छ। अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार १५ दशमलव ६९ अंकले बढेर २८ सय ५१ दशमलव ८६ अंकमा पुग्न सफल भएको छ। यसैगरी सेन्सिटिभ पनि तीन दशमलव पाँच अंकले बढेर पाँच सय ३५ दशमलव ३२ अंकमा पुग्न सफल भएको छ। दुई सय २४ वटा कम्पनीहरूको ६६ हजार एक सय १३ पटकको कारोबारमा ९५ लाख १२ हजार पाँच सय ८० कित्ता शेयर किनबेच भएकाछन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब दुई करोड २० लाख १७ हजार एक सय ८१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, लघुवित्त र होटल तथा पर्यटन सहितका तीन वटा समुहहरूको सूचक घटेकाछन् भने विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जलविद्युत, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १० वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल हाइड्रो डेभलपर कम्पनी, एनआईबिएल प्रगति फन्ड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको शेयर मूल्य बढेकाछन् भने बुद्धभूमि नेपाल लिमिटेड, सर्पोट माइक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाइड्रो पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, आदि परेकाछन् ।


 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update