थप १५ सय ७० जनामा कोभिड-१९ को संक्रमण पुष्टि
१३ जनाको मृत्यु, छ हजार एक सय ४६ जना संक्रमणमुक्त
काठमाडौ, माघ २४। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ७० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल ११ हजार तीन सय ६५ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार आठ सय २७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप छ हजार एक सय ४६ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार एक सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८ १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय