Kath khabar
आजको राशीफल

काठमाडौँ, माघ २५। दैनिक राशिफल (वि.सं. २०७८ माघ २५ गते मंगलबार, तदनुसार ई.सं. ०८ फेब्रुवरी २०२२)

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरायसी सुख मिल्नेछ । व्यापारमा धन लाभको स्थिति छ । नयाँ नयाँ अवसर प्राप्त हुने योग छ ।

वृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानोतिनो यात्राको योग छ । अनावश्यक कुरामा धन खर्च हुनेछ । परिश्रममा दिन बित्नेछ ।

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आयको क्षेत्र सबल रहनेछ । आफन्तको साथ सहयोगले काम बन्नेछ । बोलीमा मधुरता बढ्नेछ ।

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा सफलता मिल्नेछ । आर्थिक लाभको स्थिति बन्नेछ । सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ ।

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले साथ दिनेछ । धार्मिक यात्रामा खर्च हुनेछ । दिमागमा नवीन सोचको सिर्जना हुनेछ ।

कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीरमा स्फूर्तिको कमी हुनेछ । धन हानीको सम्भावना छ । बन्न लागेका काम बिग्रनेछ ।

तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लाभको स्थिति छ । निर्णय गर्न सक्ने क्षमता बढ्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा केही समस्या देखिनेछ । नयाँ लगानी गर्दा व्ययको सम्भावना छ । यात्रामा धन हानीको योग छ ।

धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नवीनतम सिर्जनामा मन जानेछ । प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ । आकस्मिक धन लाभ होला ।

मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम्पत्य जीवनमा मधुरता बढ्नेछ । शुभ समाचार सुन्न पाइनेछ । मेहनत अनुसारको फल मिल्नेछ ।

कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अत्यधिक परिश्रमले शरीरमा रोग बढ्नेछ । कार्यमा वाधा आउनेछ । शत्रु भय रहनेछ ।

मीन: (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सन्तान सुख प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । बोलीको प्रभाव बढ्नेछ ।

                                                                                                                        - (ज्योतिषी तथा वास्तुविद् बिकास घिमिरे)

 

 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ०४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update