Kath Khabar
सानो अपार्टमेन्टमा बस्ने सलमान खान यी विलासी सम्पत्तिका मालिक

नयाँ दिल्ली, माघ २५। बलिउडका दबंग सलमान खानलाई फिल्म उद्योगका सबैभन्दा धेरै मूल्याङ्कन गर्ने र पारिश्रमिक लिने अभिनेताहरूमा गनिन्छ। उहाँको स्टारडम जति ठूलो छ, फ्यान फलोइङ त्यति नै बलियो छ । सफल करियरको आनन्द लिइरहनुभएका सलमान खानसँग पैसा, प्रसिद्धि सबै कुरा छ। यति ठूला स्टार भए पनि सलमान खानले जसरी साधारण जीवनशैली बिताउँनुहुन्छ, मानिसहरुले उहाँको प्रशंसा गरेका छन् जबकि धेरै कलाकारहरु भव्य बंगलामा बस्छन् ।

बजरंगी भाइजान मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टमा आफ्ना आमाबुवासँग बस्न रुचाउनुहुन्छ। आउटिङ वा वीकेन्ड गेटवेको लागि विदेश जानुको सट्टा, सलमान आफ्नो परिवारसँग पनवेलको फार्म हाउसमा जान रुचाउँनुहुन्छ।

सलमानको मनपर्ने अपार्टमेन्ट भने ग्यालेक्सी अपार्टमेन्ट हो । जहाँ विगत केही वर्षदेखि आफ्ना अभिभावकसँग बस्दै आउनुभएको छ । रिपोर्टका अनुसार सलमान खानका आमाबुवा अपार्टमेन्टको पहिलो तल्लामा बस्नुहुन्छ। सलमानको यो फ्यान्सी फ्लोरको मूल्य १६ करोड रहेको बताइएको छ। यो अपार्टमेन्टले पुरानो अनुभव दिन्छ। जुन धेरै आरामदायी र भव्य छ।

सलमान खानको मनपर्ने छुट्टीको गन्तव्य उहाँको पनवेल फार्महाउस हो जुन अर्पिता फार्मको रूपमा पनि चिनिन्छ। महामारीमा सलमान खानले यहाँ परिवार र साथीहरूसँग समय बिताउनुभयो। यो फार्महाउस एकदमै भव्य छ, जहाँ पोखरी, जिम छ। वरपर पूरै हरियाली छ। समाचार अनुसार यस फार्महाउसको मूल्य ८० करोड रहेको छ ।

दुबईमा पनि सलमान खानको सम्पत्ति छ। समाचारका अनुसार उहाँको यो सम्पत्ति दुबईको बुर्ज खलिफा नजिकै रहेको छ । सलमान खान दुबई जाँदा यहाँ बस्न रुचाउँनुहुन्छ। सलमान खानको मुम्बईको बान्द्रामा ३० करोडको ट्रिपलेक्स फ्ल्याट छ । यो 4BHK सम्पत्ति हो। माथिल्लो तलामा पोखरी छ। पार्टी हल, बीचको तलामा पूल टेबल, तल्लो तल्लामा बस्ने ठाउँ।

मुम्बईको धारावी नजिकैको गोराईमा सलमान खानले ल्याभिस बिचको सम्पत्ति किनेको अनुमान गरिएको छ। उहाँले आफ्नो ५१ औं जन्मदिनमा एउटा विलासी बिच हाउस किन्नुभएको थियो। जसमा जिम, स्विमिङ पुल सहितको सिनेमा हल पनि छ। यो सम्पत्ति १०० एकडमा बनेको छ।

(एजेन्सी)

 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update