Kath Khabar
नेप्से पुन: ओरालो गतिमा

काठमाडौं, माघ २५ । नेप्से पुन ओरालो गतिमा गएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार भने १६ दशमलव तीन अंकले घटेर २८ सय ३५ दशमलव ५८ खुम्चिएको छ भने सेन्सिटिभ पनि दुई दशमलव ८२ अंकले घटेर पाँच सय ३२ दशमलव ४९ अंकमा खुम्चिएको छ । दुई सय ३० वटा कम्पनीहरुको ७१ हजार तीन सय ४० पटकको कारोबारमा आज एक करोड २० लाख ५३ हजार सात सय ५१ कित्ता शेयर खरिद बिव्रmी भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम छ अर्ब २८ करोड ७२ लाख १७ हजार नौ सय ८५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, जीवन बीमा, विकास बैंक, जलविद्युत, फाइनान्स, अन्य, लघुवित्त र लगानी सहितका आठ वटा समुहहरूको सूचक घटेकाछन् भने निर्जीवन बीमा, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमूलक र सामूहिक लगानी कोष सहितका छ वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, नेपाल इन्स्योरेन्स कम्पनी, समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स आदिको शेयर मूल्य बढेकाछन् भने लिबर्टी इनर्जी कम्पनी, नेपाल हाइड्रो डेभलपर लिमिटेड, अपर तामाकोसी हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेकाछन्। बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज अरुण भ्याली हाइड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड, अपि पावर लिमिटेड आदि परेकाछन् ।   

 

 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update