Kath khabar
भिजाले नेपाली बिरामीहरूका लागि भारतमा चिकित्सा सेवामा सहजता 

 
 

काठमाडौँ ,माघ २५।  भिजाले डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रीणि संस्था भिजाले भारतमा स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा यात्रीहरूलाई भुक्तानी गर्न सजिलो बनाउन अस्पताल सेवा खोज्ने प्लेटफर्म, वैदमसँग साझेदारी गरेको घोषणा गरेको छ । 
सौम्या बसु, भिजाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजरले भने, “विदेशमा चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट  गर्नु अक्सर जटिल र चुनौतीपूर्ण हुन सक्छ । नेपाली नागरिकहरूलाई भारतमा थप आरामदायी र अस्पतालहरूमा व्यापक पहुँचका साथ चिकित्सा उपचार खोज्न सजिलो बनाउन वैदमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।
हामी यी हेरचाह खोज्नेहरूलाई उनीहरूको चिकित्सा उपचारमा छुट प्रदान गर्न र भारतका केही उत्कृष्ट अस्पतालहरूमा भुक्तान गर्न उनीहरूको भिजा कार्डहरू प्रयोग गर्दा फाइदा र सुविधा प्रदान गर्न सक्षम भएकोमा कृतज्ञ छौं ।”
वैदम प्लेटफर्मले नेपाल र बंगलादेशलगायत धेरै देशहरूबाट स्वास्थ्य सेवा खोज्ने बिरामीहरूलाई भारतभरका १०० ओटा सम्म अस्पतालहरूमा विभिन्न प्रकारका उपचार र प्रक्रियाहरूका लागि गम्भीर रोगहरू र चिकित्सा हेरचाहका लागि विशेषज्ञ सेवाहरू खोज्न सजिलो बनाउँछ । वैदमले बिरामीहरूलाई आवश्यक कागजपत्र मिलाउन र उनीहरू भारत पुगेपछि आवश्यक  व्यवस्था उपलब्ध गराउन मद्दत गर्छन् । यो साझेदारीले भिसा कार्डधारकहरूलाई भारतमा वैदम  प्लेटफर्म प्रयोग गरी स्वास्थ्य सेवाहरू बुक गर्दा प्रक्रिया र शल्यक्रिया सहित विभिन्न बिरामी उपचार सेवाहरूमा वैदमले १० प्रतिसतसम्म छुट प्रदान गर्दछ । 
पंकज चन्द्र, सह–संस्थापक, वैदम हेल्थले भने, “भारतीय डाक्टर र अस्पतालहरूले प्रदान गर्ने व्यावसायिकता र गुणस्तरीय चिकित्सा सेवामा अथाह विश्वास राखेर स्वास्थ्य सेवा खोज्ने बिरामीहरू वर्षौंदेखि नेपालबाट भारत यात्रा गर्दै आएका छन्। वैदमले झण्डै ६ वर्षमा नेपालबाट धेरै बिरामीको सेवा गरिसकेका छन्, अब विश्वभरको सबैभन्दा विश्वसनीय ब्रान्डहरू मध्ये एक  भिजासँग साझेदारी गर्न पाउँदा गर्व लागेको छ  र सबै भिसा कार्डधारकहरूलाई वैदम अस्पताल नेटवर्कमा सेवा गर्न र तिनीहरूलाई छिटो स्वस्थ जीवनको लागि योगदान गर्न पाउँदा गर्व लागेको छ । “
एक बिरामी वा हेरचाहकर्ताले वैदम वेबसाइटमा गई आवश्यक अस्पताल, डाक्टर र उपचार खोज्न र आफ्नो भिसा कार्ड मार्फत भुक्तानी गर्न रोज्न सक्नुहुन्छ। भारतको अस्पतालमा बिरामी आएपछि र उपचारको सुविधा पाएपछि, नेपालमा जारी गरिएको भिसा कार्डबाट बिलहरू भुक्तानी गर्न सकिन्छ। अर्को देशमा चिकित्सा सेवाहरू प्राप्त गर्ने जटिलतालाई कम गर्न,  बिरामी वा हेरचाहकर्ताहरूलाई  बुकिङ र उपचार प्रक्रियामा सहयोग गर्न एक केस अफिसर पनि नियुक्त गरिनेछ। भिजा र वैदम बीचको यो साझेदारीले भारतमा यात्रा गर्ने र चिकित्सा सुविधा खोज्ने हजारौं बिरामीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ। यो अफर १९ डिसेम्बर २०२२ सम्म मान्य हुनेछ ।
भिजाको बारेमा 
२०० भन्दा बढी देशहरू र क्षेत्रहरूमा उपभोक्ताहरू, व्यापारीहरू, वित्तीय संस्थाहरू, र सरकारी निकायहरू बीचको लेनदेनको सुविधा प्रदानगर्ने  डिजिटल भुक्तानीमा विश्व विश्व अग्रणी हो। हाम्रो लक्ष्य भनेको सबैभन्दा नविन, सुविधाजनक, भरपर्दो र सुरक्षित भुक्तानी नेटवर्क मार्फत विश्वलाई जोड्नु हो, जसले व्यक्ति, व्यवसाय र अर्थतन्त्रलाई फस्टाउन मद्दत गर्दछ। हामीलाई विश्वास छ कि अर्थतन्त्रमा सबैको सबैतिरबाट समावेस गरी भविष्यमा पैसाको आदान प्रदानमा आधातभूत रूपमै सबैको पहुँच पुगी सबैको सबैतिर नै उत्थान हुनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update