Kath khabar
आजको राशीफल

काठमाडौँ, माघ २६ । दैनिक राशिफल (वि.सं. २०७८ माघ २६ गते बुधबार, तदनुसार ई.सं. ०९ फेब्रुवरी २०२२)

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्त र साथीभाईको सहयोगले रोकिएको काम सम्पन्न हुनेछन् । आर्थिक क्षेत्र सबल रहनेछ ।

वृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पराक्रम बढ्नेछ । भाइ बहिनीको साथ सहयोग मिल्नेछ । शरीरमा थकानको महसुस हुनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विचार नपुर्याई गरेको लगानीले आर्थिक क्षति व्यहोर्नुपर्ला । आफन्तसँग मनमुटाव हुन सक्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आय आम्दानीमा सुधार हुनेछ । सहि क्षेत्रमा गरेको लगानीले दीर्घकालिक लाभ मिल्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा परेशानी व्यहोर्नुपर्ला । सामाजिक कार्यमा अपजसको सामना गर्नुपर्नेछ । भागदौडमै दिन बित्नेछ ।

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यले साथ दिनेछ । धार्मिक कार्यमा मन जानेछ । कुरा काट्नेहरु सक्रिय हुनेछन् ।

तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शारीरिक परिश्रम बढ्नेछ । पुरानो रोगले सताउनेछ । पितासँग मतभेद रहनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम्पत्य जीवनमा केही खटपट आउनेछ । धार्मिक कार्यमा रुचि घट्नेछ । साझेदारी व्यापारमा नोक्सान व्यहोर्नुपर्ला ।

धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चिसो सम्बन्धी समस्याले सताउनेछ । बोल्दा विचार पुर्याउनुहोला । मालसामान चोरी हुन सक्ला ।

मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सन्तानको कारण दुखी हुनुपर्नेछ । जीवन साथीको स्वास्थ्यमा समस्या आउन सक्छ । पढाईमा मन स्थिर रहन गाह्रो होला ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीरमा जोश जाँगरको कमि रहनेछ । घरायसी कलह बढ्नेछ । विद्यार्थी वर्गले सफलताको लागि कडा परिश्रम गर्नुपर्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य भन्दा धेरै शारीरिक परिश्रम हुनेछ । सफलताको लागि निरन्तर प्रयास गर्नुपर्नेछ । दिनको अन्त्यमा सुखद खबर सुन्न पाईनेछ ।

                                                                                                           -(बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्, ९८४९१३७२८०)

 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update