Kath khabar
यस्तो देखियो, छ महिनामा मुलुकको अर्थतन्त्र

काठमाडौं, माघ २६। चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मुलुकको अर्थतन्त्र कमजोर देखिएको छ । आयात र निर्यात बिचको असन्तुलन उच्च हुँदै वैदेशिक व्यापार घाटा बढेकाले पनि अर्थतन्त्र कमजोर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी छ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ९५ दशमलव पाँच प्रतिशतले वृद्धि भई एक खर्ब १८ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात छ दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय २१ दशमलव आठ प्रतिशत र ३० दशमलव दुई प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १० दशमलव दुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, जुस, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, जस्तापाता, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको छ महिनामा कुल वस्तु आयात ५१ दशमलव एक प्रतिशतले वृद्धि भई नौ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चारा दशमलव आठ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७ दशमलव पाँच प्रतिशत, ५१ दशमलव पाँच प्रतिशत र ९८ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ। आर्थिक वर्ष चालु आवको छ महिनामा कुल वस्तु व्यापार घाटा ४६ दशमलव छ प्रतिशतले वृद्धि भई आठ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा पाँच दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ११ दशमलव नौ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव दुई प्रतिशत रहेको थियो । काठमाडौं, माघ २६। चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मुलुकको अर्थतन्त्र कमजोर देखिएको छ। आयात र निर्यात बिचको असन्तुलन उच्च हुँदै वैदेशिक व्यापार घाटा बढेकाले पनि अर्थतन्त्र कमजोर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी छ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ९५ दशमलव पाँच प्रतिशतले वृद्धि भई एक खर्ब १८ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात छ दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय २१ दशमलव आठ प्रतिशत र ३० दशमलव दुई प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १० दशमलव दुई प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, जुस, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, जस्तापाता, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको छ महिनामा कुल वस्तु आयात ५१ दशमलव एक प्रतिशतले वृद्धि भई नौ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चारा दशमलव आठ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७ दशमलव पाँच प्रतिशत, ५१ दशमलव पाँच प्रतिशत र ९८ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष चालु आवको छ महिनामा कुल वस्तु व्यापार घाटा ४६ दशमलव छ प्रतिशतले वृद्धि भई आठ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा पाँच दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव नौ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव दुई प्रतिशत रहेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update