Kath Khabar
शेयर बजारमा २२ अंकको पहिरो, सबै सूचक रातै

काठमाडौं, माघ २६। शेयर बजारमा पहिरो गएको छ। आज बुधबार शेयर बजार परिसुचक नेप्से २२ दशमलव ११ अंकले घटेर २८ सय १३ दशमलव ४७ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ५१ अंकले घटेर पाँच सय २८ दशमलव ९९ अंकमा खुम्चिएको छ ।
नेप्सेमा आज दुई सय २३ वटा कम्पनीहरूको ४५ हजार एक सय १२ पटकको कारोबारमा ६५ लाख २० हजार छ सय २८ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ४७ करोड ११ लाख नौ हजार एक सय ८२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर शेयर बजार पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज लिबर्टी इनर्जी कम्पनी, सिईडिबी हाइड्रो पावर कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, आदिको शेयर मूल्य बढेकाछन् भने बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अरुण भ्याली हाइड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेशनल हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।

 

 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update