Kath khabar
आजको राशीफल

काठमाडौं, माघ २७ । दैनिक राशिफल (वि.सं. २०७८ माघ २७ गते बिहीबार, तदनुसार ई.सं. १० फेब्रुवरी २०२२)

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पुराना साथीभाइसँग मिलन हुनेछ । आफन्तसँग सुखद पल व्यतित हुनेछ । गृह सुख मिल्नेछ ।

वृष :  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीरमा स्फूर्ति बढ्नेछ । अधुरा कार्यहरु क्रमशः पुरा हुँदै जानेछन् । मन केहि अस्थिर रहला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकस्मिक धन हानीको योग छ । सकभर लामो यात्रा नगर्दा राम्रो हुनेछ । वैदेशिक क्षेत्रबाट केहि सन्तोषजनक समाचार सुन्न पाईनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आय आम्दानीमा निरन्तरता हुनेछ । अनुहारमा चमकता बढ्नेछ । मन प्रफुल्लित रहनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भागदौड केहि बढ्नेछ । मेहेनत र लगनले काम बन्दै जानेछ । दिनको अन्त्यमा शुभ समाचार सुन्न पाईनेछ ।

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्मिक यात्रा हुने देखिन्छ । शेयरबजारबाट लाभको अवस्था छ । मानसम्मान प्राप्त हुने योग छ ।

तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा क्लेश भय सिर्जना हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा लाञ्छनाको शिकार हुनुपर्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यको साथले अधुरा काम पुरा हुँदै जानेछन् । आर्थिक क्षेत्र सबल रहनेछ । दाम्पत्य सुख मिल्नेछ ।

धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धैर्यको कमीले बन्न आँटेका काम बिग्रनेछ । पुरानो रोगले सताउनेछ । अनावश्यक काममा समय र परिश्रम खर्च हुनेछ ।

मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जीवन साथीसँग मनमुटाव रहनेछ । साझेदारी व्यापारमा केहि नाफा हुनेछ । पढाइमा खासै मन जाने छैन ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक र राजनैतिक क्षेत्रमा मानसम्मान मिल्नेछ । शत्रु अधिनमा रहनेछन् । रोगले सताउनेछ ।   

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुख प्राप्ति हुनेछ । सिर्जनात्मक कार्यमा मन जानेछ । ठूला व्यक्तिबाट कार्य प्रशंसा मिल्नेछ ।

   -(बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्, ९८४९१३७२८०)

 

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update