Kath khabar
फिफाको नियम विरुद्ध खेल, विश्राम नहुँदा खेलाडीमा चोटको समस्या  

काठमाडौं, वैशाख ३० । नेललितपुर सिटी एफसीले बुधबार बुटवल लुम्बिनीलाइ एक सुन्य गोलले हराउँदै क्वालिफायर्समा स्थान बनायो । तर बिहीबार नै उसले फाइनल प्रवेशका लागि काठमाण्डौसँग खेल्नु पर्नेछ । पिफा नियम अनुसार खेलाडीहरुले ४८ देखि ७२ घण्टाको अन्तरपछि खेल्नु पर्नेछ । यो भन्दा अघि खेलाइएमा विश्राम पुग्दैन र खेलाडीले चोट बोक्न सक्ने सम्भावना बढी हुन्छ । र थकानका कारण प्रदर्शन पनि राम्रो नहुन सक्छ । हुन त यो फिफाको मातहत्मा खेलाइएको प्रतियोगिता भने होइन तर अखिल नेपाल फुटबल संघले यस प्रतियोगितामा प्राविधिक सहयोगीको भुमिका खेलिरहेको छ । यसमा एन्फाको कम्जोरी देखिन्छ । लिगका कार्यकारी अधिकृत सुदिप शर्मा भन्नु हुन्छ  हामीले तालिका यो भन्दा मिलाउने विकल्प थिएन आगामी दिनमा यसलाई सच्याउने छौ।

नेपाल सुपर लिग सर्वाधिक चर्चामा रहेको फुटबल प्रतियोगिता हो । ठुला व्यापारिक घरानाको प्रत्यक्ष संलग्नतामा आयोजना भइरहेको प्रतियोगिताको फाइनल जेष्ठ एक गते हुनेछ । तर अव्यवस्थित तालिका भने लिगको कम्जोरी बनेको छ । खेलाडी घाइते भएका छन् । रिकभरीको समय निकै कम भयो । टिमले राम्रा खेलाडी बिचमै गुमाए भने माइनर इन्जुरी भएका खेलाडीहरु खेलिरहे ।

चितवनले गुमाएको खवास दाजुभाई

क्याटगोरी ए का विकास खवास चितवनले खरिद गरेको सर्वाधिक महंगा डिफेन्डर हुन् । दोस्रो  खेलमै उहाँले घुँडामा चोट बोक्नु भयो  त्यसपछि उहाँले रिकभरीको मौका नै पाउनु भएन । उहाँको स्थानमा जर्ज प्रिन्स कार्कीलाई चितवनले भित्राएको थियो । विकासलाई दुइ क्लबले दुइ लाखमा भित्राएको थियो । विकासका दाइ भरतले पनि दोस्रो खेलमा चोट बोक्नु भयो  । राष्ट्रिय खेलाडी समेत रहेका भरत त्यसपछि भने बेञ्चमै सिमित हुनु भयो ।

मार्की खेलाडी भरतले चोटको रिकोभरी समय नपाएको देखिन्छ । वैशाख १३ गते ललितपुरसँग खेलेको चितवनले त्यसको एक दिनको विश्रामपछि  बुटवल लुम्बिनीको सामना गरेको थियो । र दोस्रो खेलमै खवास दाजुभाइ सहित अल सावन र अहमद मोहमदले बोक्नु भयो  । अहमद मोहमद पनि रीकभर हुन सक्नु भएन र इजिप्टमै फर्किनु भयो । अल सावनले पनि चोटकै कारण राम्रो खेल पस्कन सक्नुभएन । चितवन लिग चरणबाटै बाहिरिएको टिम हो ।  चितवनका विकास तामाङले  भने प्रतियोगिताबाट अघि नै घाइते भएर नाम फिर्ता लिनुभएको थियो ।

फाइनलमा पुगेको धनगढीलाई पनि चोटले सतायो

टिमका उत्कृष्ट स्ट्राइकर ओलावाले आफिजमा  ह्यामस्ट्रिङको समस्या छ । लिग चरणका खेलमा चोेटले सताएपनि चार गोल गरिसक्नु भएको छ । तर, मंगलबार प्ले अफ अन्तगर्त काठमाण्डौँ रजेर्स विरुद्धको खेलमा उहाँले चोटका कारण मैदान छाड्नु पर्यो । सो खेलमा धनगढीले नतिजा आफ्नो पक्षमा बनाउँदै फाइनलमा स्थान सुरक्षित गर्यो । धनगढीका लागि चार गोल गरिसक्नु भएका ओलावाले आफिज फाइनलमा मैदान फर्कने अपेक्षा गरिएको छ ।

पहिलो खेलमै अफ्रिकी खेलाडी अर्नेष्टो टेम्पी गुमाएको धनगढीका अक्सनबाट नै ल्याइएको विवेक ब्रस्नेत र योगेश गुरुङ पनि दोस्रो खेलमा घाइते हुनु भएका थियो । चोटका कारण टेम्पीले कमब्याक गर्न सक्नुभएन । सुरुवाती खेल पनि खेलाडीमा देखिएको समस्याका कारण रणनीती बनाउन नसकिएको यसको व्यवस्थापन पक्षको भनाइ छ । हामीलाई धेरै नै कठिन भयो । लगातारको खेल अनि बल्झिएको चोट । विश्राम छैन । धन्न  फाइनल भन्दा अघि चाहिँ ग्याप छ । एक जना खेलाडीले नाम नबताउने शर्तमा भन्नु भयो ।

अक्सनबाट महँगो रकममा अनुबन्ध गरिएका खेलाडी सुजल श्रेष्ठ प्रतियोगिता अघि नै बाहिरिनु भयो । यद्यपी उनी टच लाइनमा व्यवस्थापकका रुपमा भने देखिनु भएको थियो । यता काठमाण्डौँका त्रिदेव गुरुङ तयारीका क्रममा घाइते हुनु भएको हो । बुटवल लुम्बिनीका आशिष लामाले प्रतियोगिता अघि नै चोट बोक्नु भएको थियो । प्रतियोगितामा उहाँले एक गोल समेत गर्नुभयो । तर चोटका कारण उहाँले पनि राम्रो खेल पस्कन सक्नु भएन । समय भएको भए हाम्रो खेलाडीले राम्रो प्रदर्शन गर्न सक्थे । लगातारको खेल त्यही भएर यस्तो भएको हो । बुटवल लुम्बिनीले बतायो ।

पहिलो सस्करणमा धेरै क्रम्जोरी भने तालिका व्यवस्थापनमा देखिएको छ । अर्को पल्ट आयोजकले यसलाई व्यवस्थापन गर्न पर्ने देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update