Kath Khabar
रोकिएन नेप्सेको उच्च गिरावट, सूचक तथा कारोबार रकम दुबै घटे

काठमाडौं, माघ २७ । नेप्सेको उच्च गिरावटले साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ। नेप्से आज ११ दशमलव ९६ अंकले घटेर २८ सय एक दशमलव ५६ अंकमा खुम्चिँदा सेन्सिटिभ पनि एक दशमलव सात अंकले घटेर पाँच सय २७ दशमलव २८ अंकमा खुम्चिएको छ । दुई सय २७ वटा कम्पनीहरुको ४९ हजार पाँच पटकको कारोबारमा ६९ लाख ५० हजार आठ सय ३८ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार तीन सय ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बीमा, विकास बैंक, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र लगानी सहितका १० वटा समुहहरूको सूचक घटेकाछन् भने ट्रेडिङ, अन्य र सामूहिक लगानी कोष सहितका तीन वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, सिन्धु विकास बैंक, नबिल इक्विटी फन्ड, गुराँस लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेकाछन् भने मिथिला लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई समुन्नत योजना १, सामुदायिक लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरन्स कम्पनी आदिको शेयर मूल्य पनि घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, नेशनल हाइड्रो पावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।


 

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update