Kath khabar
आजको राशीफल

काठमाडौं, माघ २८ । दैनिक राशिफल (वि.सं. २०७८ माघ २८ गते शुक्रबार, तदनुसार ई.सं. ११ फेब्रुवरी २०२२, माघ शुक्ल पक्ष, दशमी तिथि)
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोली तथा वाणीको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुने तथा धनलाभको स्थिति रहनेछ ।

वृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन अनुकुल रहनेछ । सुख-आनन्द प्राप्त हुनेछ । वस्त्र आभूषण प्राप्त हुनेछ । दाम्पत्य सुख बढ्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय प्रतिकुल रहनेछ । अनावश्यक यात्राले खर्चमा वृद्धि हुनेछ । व्यर्थको कार्यमा समय र उर्जा खर्च हुनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्त्री सुख प्राप्त हुनेछ । धनलाभका साथै सन्तान सुखको योग रहेको छ । व्यापार व्यवसायमा लाभ हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सिद्धि तथा मानसम्मान प्राप्ती हुनेछ । उच्च अधिकारीबाट साथ सहयोग मिल्नेछ । व्यापार व्यवसायमा लाभ हुनेछ ।

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यले साथ दिनेछ । लामो दुरीको यात्रा सफल रहनेछ । धार्मिक कार्यमा मन जानेछ । गरेका कार्य पुरा हुनेछन् ।

तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । मन अस्थिर रहनेछ । आकस्मिक संकट, रोग तथा कष्टको भय रहनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यवसायमा सन्तोषजनक मुनाफा मिल्नेछ ।  दाम्पत्य सुखमा वृद्धि हुनेछ । सुखद यात्रा हुनेछ ।

धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन प्रसन्न रहनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ । धन तथा स्वास्थ्य लाभ हुनेछ ।

मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रचनात्मक कार्य तथा कलाकारितामा मन जानेछ । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन अशान्त तथा निराश रहनेछ । पारिवारिक चिन्ता बढ्नेछ । विवादमा नपर्नु नै उत्तम रहनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नवीन वस्त्र प्राप्त हुनेछ । आफन्तको साथ सहयोग मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । छोटो दुरीको यात्राबाट लाभ हुनेछ ।

   -(बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्, ९८४९१३७२८०)

 

 

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update