Kath khabar
आजको राशीफल

काठमाडौं, माघ २९ । दैनिक राशिफल (वि.सं. २०७८ माघ २९ गते शनीबार, तदनुसार ई.सं. १२ फेब्रुवरी २०२२, माघ शुक्ल पक्ष, एकादशी तिथि)

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पराक्रम बढ्नेछ । घरायसी दौडधुपले गर्दा शरीरमा थकान महसुस हुनेछ । स्त्री सुख मिल्नेछ ।

वृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनत अनुसारको फल प्राप्त हुनेछ । आकस्मिक धनलाभ हुनेछ । प्रियजनसँग भेट होला ।

मिथुनस् ९का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यले साथ दिनेछ । दिन अनुकुल रहनेछ । अधुरा कार्य पुरा हुनेछन् ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यर्थको यात्रामा धन र समय खेर जानेछ । शरीरमा थकान महसुस हुनेछ । व्यक्तिगत तथा साजसज्जामा खर्च हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरानो लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । भाग्यको साथ मिल्नाले सर्वत्र कार्य सफल हुनेछ । सन्तान सुख मिल्नेछ ।

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उच्च अधिकारीबाट प्रशंसा र सम्मान मिल्नेछ । शरीरमा उर्जाको सञ्चार हुनेछ । नाम र यश फैलनेछ ।

तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रचनात्मक कार्यमा मन जानेछ । धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । छोटो दुरीको यात्राले लाभ गराउँनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रुहरु शरणमा पर्नेछन् । वादविवादमा जीत हुनेछ । खर्चमा वृद्धि हुनाले मानसिक तनाव हुनेछ ।

धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाम्पत्य जीवनमा मधुरता  बढ्नेछ । साझेदारीको व्यापारबाट लाभ हुनेछ । शरीरमा जोश जाँगर र  उर्जा बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ  ।

मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ लगानी गर्न प्रतिकुल समय छ । विश्वासस गरेका व्यक्तिबाट धोका हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसँग वैचारिक मतभेद आउनेछ । आयका नयाँ नयाँ मार्गहरु खुल्नेछन्  ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारीक मिलन र भेटघाटमा मन रम्नेछ । सन्तानका तर्फबाट खुसीको कुरा सुन्न पाईनेछ । दिर्घकालिन योजना र र सोचले मूर्तरुप लिनेछ ।

   -(बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्, ९८४९१३७२८०)

 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update