Kath khabar
थप आठ सय ३६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

काठमाडौं, माघ २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा आठ सय ३६ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल छ हजार छ सय ३४ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार आठ सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ सय २६ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार एक सय दुई पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update