Kath khabar
आजको राशीफल

काठमाडौं, फागुन १ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन १ गते आइतबार, तदनुसार ई.सं. १३ फेब्रुवरी २०२२, माघ शुक्ल पक्ष, द्धादशी तिथि)

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्त तथा मित्रजनबाट सहयोग मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोलीको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन साथै धनप्राप्ती हुनेछ । परिवारको साथ मिल्नेछ ।

मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन अनुकुल रहनेछ । मन प्रसन्न रहनेछ । नयाँ वस्त्र, आभूषण प्राप्ती हुनेछ । दाम्पत्य जीवनमा सुमधुरता बढ्नेछ ।

कर्कटः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन प्रतिकुल रहनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ । व्यर्थको कार्य र यात्राले धन, समय र उर्जा खर्च हुनेछ ।

सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा लाभको स्थिति छ । सन्तान पक्षबाट सन्तुष्टि प्राप्त हुनेछ । स्त्री पक्षबाट विशेष सहयोग मिल्नेछ ।

कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यसिद्धिका साथै मानसम्मान प्राप्त हुनेछ । उच्च अधिकारीबाट साथ र सहयोग मिल्नेछ । गरेका कार्यहरुको सहि मुल्याङ्कन हुनेछ ।

तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रामा लाभको अवस्था रहेको छ । आज शुरु गरेका प्रत्येक कार्य सफल हुनेछन् । धार्मिक कार्यमा मन जानेछ ।

वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थको ख्याल राख्नुहोला । आकस्मिक घाटा, रोग, र शत्रुभय रहनेछ । मन अशान्त रहनेछ ।

धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसायबाट सन्तोषजनक लाभ मिल्नेछ । दाम्पत्य सुख तथा पार्टनरबाट सुख प्राप्ती हुनेछ । सुखद यात्राको अवसर मिल्नेछ ।

मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मन प्रसन्न रहनेछ । धन र स्वास्थ्य लाभको साथै सुख प्राप्ति हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रचनात्मक कार्य तथा कलाकारितामा मन जानेछ । पढाईमा मन जानेछ । प्रेमीसँग सुखद मिलन हुनेछ  । सन्तान सुख प्राप्त हुनेछ ।

मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनमा अशान्ति तथा निराशा छाउनेछ । पारिवारिक  कलहले मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ । वादविवादबाट टाढै रहनुहोला ।

   -(बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्, ९८४९१३७२८०)

 

 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update