Kath khabar
आठ अर्ब रुपैयाँँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, फागुन १ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार आठ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

फागुन तीन गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । उक्त ट्रेजरी अन्तर्गत ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । जसमध्ये दुई अर्ब पुरानो नवीकरण अन्तर्गतको रहेको छ भने छ अर्ब नयाँ रहेको छ  ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ जेठ तीन गते र २०७९ साउन ३१ गते तोकिएको छ । यसअघि यही माघ २४ गते पनि १४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री भएको थियो ।     

 

 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update