१० हजार एक सय १५ जनामा परिक्षण गर्दा ५ सय ३१ जनामा कोरोना पुष्टि
१० जनाको मृत्यु, ३ हजार ९ सय ३५ जना संक्रमणमुक्त
काठमाडौं, फागुन १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय २१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १० हजार एक सय १५ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार आठ सय ९२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन हजार नौ सय ३५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार पाँच सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८ १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय