Kath khabar
नयाँ संगीतकर्मीहरुको लागि स्टुडियो रेड लुभुले ल्याउदैछ ठूलो अवसर

काठमाडौं, फागुन १ । संगीत क्षेत्रमा लाग्नुभएका नयाँ व्याण्ड तथा एकल कलाकार (Solo Artist) हरुको लागि एउटा नयाँ अवसर ।

स्टुडियो रेड लुभुले नयाँ व्याण्ड तथा एकल कलाकारहरुको लागि एउटा कार्यक्रम आयोजना गर्दैछ । जसलाई एकोस्टिक सेसन (Acoustic Session) नाम दिईएको छ। कुनै पनि व्यक्तिको गायकीलाई श्रोताहरुको मनमष्तिकसम्म पुर्याउने स्टुडियो रेड लुभुको यो एउटा शुभारम्भ हो।

एकोस्टिक सेसनको उद्देश्य अहिलेको नयाँ संगीतकर्मीहरुको लागि हो जोसँग प्रतिभा हुन्छ, समय हुन्छ, तर पर्याप्त बजेटको अभाव हुन्छ । उनीहरुले आफ्नो गीतको रेकर्डिङ गर्न, म्युजिक भिडियो बनाउन तथा बजारीकरण गर्न उचित अवसर पाइरहेका हुदैनन् । त्यस्ता कलाकारहरुको लागि स्टुडियो रेड लुभुले यस कार्यक्रममार्फत अवसर दिइरहेको छ । संगीत क्षेत्रमा लाग्नुभएका संगितकर्मीहरुको लागि यो खुसीको कुरा हो। यसमा कुनै शुल्क लाग्ने छैन । यो कार्यक्रममा २५ जना पुरुष/महिला व्याण्ड तथा एकल कलाकारहरु छनोट हुनेछन् । छनोटमा पर्नुभएको प्रतिभालाई स्टुडियो रेड लुभुले नि:शुल्क एउटा अडियो र भिडियो रेकर्ड गराउने व्यवस्था गरेकोे छ ।

यसको लागि कलाकारहरुले आफ्नो एक मिनेटको भिडियो पठाउनुपर्नेछ । भिडियो पठाउनको लागि स्टुडियो रेड लुभुको फेसबुक पेज https://www.facebook.com/redstudiolubhoo/ मा गएर आफ्नो भिडियो पठाउनुपर्नेछ । उक्त भिडियोमा कलाकारहरुले आफ्नै नेपाली तथा अंग्रेजी गीत अथवा अंग्रेजी कभर गीतको एउटा भिडियो बनाउनुपर्नेछ । छनोटमा पर्नुभएका कलाकारलाई स्टुडियोमा बोलाएर लाइभ रेकर्डिङ्ग र छायांकन गराइनेछ । यो एकोस्टिक सेसनको पहिलो सिजन हो ।

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update