Kath khabar
 पिएसजी फ्रेन्च कपको उपाधी नजिक

जर्मनी, वैशाख ३० । पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । पिएसजीले सेमीफाइनलमा मोनपेलाई पेनाल्टिमा ६–५ ले पराजित गरेको हो । निर्धारित समयको खेल दुइ–दुइ गोलको बराबरीमा सकिएपछि पेनाल्टि बाट विजेताको टुंगो लागेको हो ।

रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा अग्रता पिएसीले बनाएको थियो । दशौं मिनेटमा किलियन एमबाप्पेले गोल गर्नुभएको थियो । ४५ औं मिनेटमा मोनपेका गेटन लेबोर्दले खेल बराबरी गर्नुभएको हो । ५० औं मिनेटमा फेरी एमबाप्पेले पिएसजीलाइ खेलमा फर्काउनुभयो । एमबाप्पेले एक्लो प्रयासमा मैदानको मध्य भाग बाट बवल अघि बढाउदै शानदार गोल गर्नुभएको थियो । तर ८३ औं मिनेटमा एन्डी डेलोर्टले गोल गर्दै दुइ–दुइको बराबरीमा पुर्याएपछि खेल पेनािल्टमा पुगेको थियो । जहा पिएसजीले बाजी मार्यो  ।

पेनाल्टिमा पिएजी एमबाप्पे विना थियो । उहाँलाई प्रशिक्षक माउरिसियो  पोेचेटिनोले दुइ शुन्यले अघि रहेको समयमा ८२ औं मिनेटमा एमबाप्पेलाई सब्सिच्युट गर्नुभएको थियो । उहाँको स्थानमा मैदान प्रवेश गरेका मोइस किनले पिएसजीका लागि विजयी पेनाल्टि प्रहार गरे । मोनपे जुनियर साम्बिय पेनाल्टिमा चुके । उहाँको प्रहार बारमाथि बाट बाहिरिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update