Kath khabar
आजको राशीफल

काठमाडौं, फागुन २ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन २ गते सोमबार, तदनुसार ई.सं. १४ फेब्रुवरी २०२२, माघ शुक्ल पक्ष, त्रयोदशी तिथि)

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यात्रामा सफलता मिल्नेछ । दिन आफ्नो पक्षमा छ । आँटेका सम्पूर्ण कार्य सिद्धि हुनेछन् । जीवनसाथीको सहयोग मिल्नेछ ।

वृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिनभर भागदौड बढ्नेछ । अध्यात्मतिर मन जानेछ । पिताको आशीर्वादले भाग्योदय हुनेछ ।

मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक पाटो सबल रहनेछ । पारिवारिक मिलन तथा मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ ।

कर्कटः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अनुकुल छ । कुनैपनि काम भोलिको लागि साँचेर नराख्नुहोला । बोलेर सम्पूर्ण काम बन्नेछन् । बोलीमा संयमता आवश्यक छ ।

सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोल्दा विचार पुर्याउनुहोला अन्थया झमेलामा फसिनेछ । खर्च बृद्धि हुनेछ । स्वास्थ्यमा प्रतिकुलता तथा शिरदर्दले सताउनेछ ।

कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा सोचे झैै सफलता मिल्नेछ । नवीन योजनाले मूर्तरूप पाउँनेछ । शत्रु परास्त हुनेछन् ।

तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उच्च अधिकारीबाट सम्मान तथा पदोन्नति मिल्नेछ । रोजगारीका नयाँ नयाँ अवसर प्राप्त हुनेछन् । राजनीतिक क्षेत्रमा केहि अपजसको सामना गर्नुपर्ला ।

वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यको साथले अपुरा कार्य पूर्ण हुनेछन् । धर्मकर्मतिर मन जानेछ । नविनतम् सिर्जनाले नाम र यश प्राप्ति हुनेछ ।

धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बोलीका कारण बन्न लागेका कार्य बिग्रनेछन् । धैर्यताको कमी हुनेछ । व्यर्थको यात्राले धन र समय बर्बाद हुनेछ ।

मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मानसम्मान प्राप्त हुनेछ । जीवनसाथीको साथ र सहयोग मिल्नेछ । सही समयमा गरेको सही निर्णयले दिर्घकालिन उपलब्धि हासिल हुनेछ ।

कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीरमा रोग बढ्नेछ भने शत्रुभय रहनेछ । मानसिक अशान्ति बढ्नेछ । कानुनी झमेलाको सामाना गर्नुपर्ला ।

मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सन्तान सुख मिल्नेछ । विद्यार्थीको लागि दिन अनुकुल रहनेछ । छोटो दुरीको यात्रामा लाभ मिल्नेछ ।

  -(बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्, ९८४९१३७२८०)

 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update