काठमाडौं, फागुन २। एप्पल वर्ल्ड मोबाइलले भ्यालेन्टाइन डे को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेन्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिनेछ ।
मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइलमा सञ्चालन हुने उक्त अफरमा दश हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरु एक्सचेन्ज तथा खरीद गर्न सकिनेछ । एप्पल, सामसुङ, नोकिया, साओमी, वन प्लस, भिभो, ओप्पो, कुल प्याड लगायतका मोबाइलहरुमा अफर लागू हुने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ ।
यो अफरमा मोबाइल एक्सचेन्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपि अनिवार्यरूपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत निराजन मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “जोडीले नै दुई वटा मोबाइल खरीद वा एक्सचेन्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पीकर, हेडफोन, इयर पड लगायतका उपहारहरु निशुल्क पाउनुहुनेछ ।” उहाँका अनुसार यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुनेछ । एप्पल वर्ल्ड मोबाइलमा विभिन्न ब्राण्डका स्मार्टवाच समेत उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । मल्लका अनुसार एकै पटक रकम भुक्तान गर्न नसक्ने सेवाग्राहीले किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल तथा अन्य उपकरणहरु खरिद गर्न सक्नुहुनेछ ।
साथै ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि सेवाग्राहीले पाउने मल्लले जानकारी दिनुभयो । सबै प्रकारका ब्राण्डेड एक्सेसरिज तथा म्याकबुक समेत सेवाग्राहीको अगाडि नै मर्मत हुने उहाँले बताउनुभयो ।