Kath khabar
आजको राशीफल

काठमाडौं, फागुन ३ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन ३ गते मंगलबार, तदनुसार ई.सं. १५ फेब्रुवरी २०२२, माघ शुक्ल पक्ष, चर्तुदशी तिथि

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धन र सुख प्राप्ती हुनेछ । नयाँ वस्त्र प्राप्त हुनेछ । आफन्त र मित्रबाट सहयोग मिल्नेछ । छोटो दुरीको सुखद यात्रा हुनेछ ।

वृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोलीको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । पारिवारिक सुख मिल्नेछ ।

मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन अनुकुल रहनेछ । सुख तथा आनन्द प्राप्त हुनेछ । वस्त्र आभूषण प्राप्ति साथै दाम्पत्य सुख प्राप्त हुनेछ ।

कर्कटः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक खर्च र यात्राले तनाव गराउनेछ । व्यर्थको कार्यमा समय, उर्जा र धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।

सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा लाभको स्थिति छ । सन्तानबाट सन्तुष्टि मिल्नेछ । मिष्ठान्न भोजन साथै धनलाभको स्थिति रहनेछ ।

कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सिद्धि हुने, मानसम्मानमा वृद्धि हुने योग छ । स्वास्थ्यले पनि साथ दिनेछ ।  सरकार पक्षबाट साथ र हौसला मिल्नेछ ।

तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो दूरीको यात्राबाट लाभ मिल्नेछ । आज सुरु गरेका हरेक कार्य सिद्ध हुनेछन् । धार्मिक यात्रामा तथा आध्यात्मिक चिन्तनमा मन जानेछ ।

वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा सामान्य समस्या देखापर्नेछ । मन अशान्त रहनेछ । आकस्मिक रुपमा आइपर्ने रोग कष्ट र संकटले घाटा र तनाव दिनेछ ।

धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनलाभको स्थिति छ । व्यापारबाट पनि राम्रै लाभ हुनेछ । दाम्पत्य सुख मिल्नेछ । सुखद यात्राको स्थिति रहनेछ ।

मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिनभर मन प्रसन्न रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ भने आर्थिक लाभको स्थिति छ ।

कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्यार्थीको लागि दिन अनुकुल रहनेछ । मनमा हर्ष उल्लास छाउनेछ । सिर्जनात्मक कार्यमा मन जानेछ । सन्तान सुख प्राप्त हुनेछ ।

मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुहारको कान्ति र आभा मलिन हुनेछ । पारिवारिक अशान्तीले चिन्ता र निराशा बढ्नेछ । व्यर्थको वादविवाद हुन सक्छ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र
९८४९१३७२८०


 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ०५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update