Kath khabar
ह्याकरबाट भिटेनको युट्युब च्यानल फिर्ता


काठमाडौं, फागुन ३। चर्चित र्यापर भिटेनको भिटेन म्युजिक नाम रहेको युट्युब च्यानल ह्याकरबाट फिर्ता पाउन सफल भएको छ। १.६३ मिलिनियम सब्स्क्राइबर रहेको च्यानलमा चार दिन अघि पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको थियो ।

डिजिटल प्रोमोसनका स्पेसलिस्ट राजु दंगालले पाँच दिनको प्रयासबाट र्यापर भिटेनको युट्युब च्यानल गुगल मार्फत फिर्ता गराउन सफल हुनुभएको हो। आफ्नो च्यानल तथा पेजहरु ह्याकरबाट बचाउन पासवर्ड कसैको पहुँच बाहिर र विभिन्न नचिनेका मेलहरू खोल्नबाट बच्नुपर्ने दंगाल बताउनुहुन्छ ।

यसअघि बुढासुब्बा म्युजिक, बिपना थापा, केन्द्र मोन लगायत थुप्रै कम्पनी तथा सेलिब्रेटीको युट्युब ह्याक भएर फिर्ता आएको छ भने धेरैले गुमाउनु पनि भएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update