Kath khabar
मनिष डाँगी अस्पतालबाट डिस्चार्ज


काठमाडौं, फागुन ३। स्वास्थ्य अवस्था सामान्य भएसँगै मनिष डाँगी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।

कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत गत शनिबार सम्पन्न च्यासल युथ क्लबबिरुद्धको खेलमा मछिन्द्र फुटबल क्लबका स्ट्राइकर मनिष खेलको ६५औं मिनेटमा हेडरको प्रयास गर्दा च्यासलका यानिक केइचासँग टाउको जुधेर अचेत भएर मैदानमा ढल्नुभएको थियो ।

त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलमा उपचारमा रहनुभएका मनिष तीन दिनको अस्पताल बँसाईपछि आज डिस्चार्ज हुनुभएको हो ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update