Kath Khabar
नेप्सेमा उच्च बृद्धि, ५३ अंकले बढ्दा तीन अर्ब २३ करोडको कारोबार

काठमाडौं, फागुन ३ । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज मंगलबार भने ५३ दशमलव तीन अंकले बढेर २७ सय ५४ दशमलव २८ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि १० दशमलव ८३ अंकले बढेर पाँच सय २२ दशमलव १३ अंकमा पुग्न सफल भएको छ । दुई सय २४ वटा कम्पनीहरुको ४३ हजार पाँच सय १९ पटकको कारोबारमा ६३ लाख ४३ हजार दुई सय २८ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कारोबार रकम तीन अर्ब २३ करोड ३३ लाख १८ हजार छ सय १४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरूको सूचक बढ्दा नेप्से पुरै हरियो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज न्यादी हाइड्रो पावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर लिमिटेड, सामलिङ पावर लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने एनआईसी एशिया ब्यालेन्स फन्ड, सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्राली, नेपाल टेलिकम, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड आदि परेकाछन् ।


 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update