Kath khabar
आजको राशीफल

काठमाडौं, फागुन ४ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन ४ गते बुधबार, तदनुसार ई.सं. १६ फेब्रुवरी २०२२, माघ शुक्ल पक्ष, पूर्णिमा तिथि)

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन अशान्त तथा चिन्तित रहनेछ । आफन्त र पारिवारिक अशान्ति बढ्नेछ । वादविवादबाट टाढै रहनु वेश हुनेछ ।

वृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नवीन वस्त्र तथा आभूषण प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । छोटो दूरीको यात्रामा लाभ मिल्नेछ ।

मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलीको प्रभाव बढ्नेछ । आम्दानीका नयाँ श्रोत भेटिनेछन् । आफन्तको सहयोग मिल्नेछ भने मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कर्कटः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन अनुकुल रहनेछ । केहि भागदौड बढ्नेछ । दाम्पत्य सुख प्राप्ती तथा मनमा प्रसन्नता बढ्नेछ ।

सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक यात्राले खर्चमा वृद्धि गराउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । व्यर्थको कार्यमा उर्जा,  रहनेछ समय र धन खर्च हुनेछ ।

कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा लाभको स्थिति रहनेछ । सन्तान तथा स्त्री सुख मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सिद्ध हुनुका साथै मानसम्मानमा वृद्धि हुनेछ । स्वास्थ्य भने शरीरमा उर्जा थपिनेछ । आज गरेका कार्यको उचित मूल्यांकन हुनेछ ।

वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले साथ दिनेछ साथै लामो दूरीको यात्रामा लाभ मिल्नेछ । महत्वपूर्ण कार्य आजै गर्नुहोला । धर्मकर्ममा मन जानेछ ।

धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा गडबडी हुनेछ । मनमा अस्थिरता बढ्नेछ । शत्रु पक्ष हाबी हुने तथा कष्टको सामना गर्नुपर्ने हुनेछ ।

मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक धन लाभको स्थिति छ । नयाँ व्यापार शुरु गर्न दिन उत्तम छ । दाम्पत्य सुख प्राप्त हुनेछ ।

कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन प्रसन्न रहनेछ । धन तथा स्वास्थ्य लाभ हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । खर्चमा नियन्त्रण जरुरी छ ।

मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पढाईमा सफलता मिल्नेछ । प्रेम सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेेछ । रचनात्मक कार्यमा मन जानेछ । सन्तानबाट सुखद समाचार सुन्न पाइनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र
९८४९१३७२८०

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ०५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update