काठमाडौं, फागुन ४। अमेरिकी सहयोग परियोजना (एमसीसी) को सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले ७७ वटै जिल्लामा संयुक्त रुपमा बन्दको आह्वान गरेकोले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । बन्दको प्रभाव काठमाडौंमा न्युन देखिएको छ। काठमाडौं उपत्यकाका सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । तथा सामान्य रुपमा गाडीहरु चलिरहेका छन् । पसलहरु सामान्य रुपमा खुलिरहेका छन् । काठमाडौंका सडकहरुमा लगभग बन्द नभएको जस्तै नै अवस्था छ । प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ ।
आज संसदमा एमसिसिको टेबुल हुने बारेमा छलफल हुने बताइएको छ। बुधबार १ बजे संसद बैठक बस्दैछ। संसद बैठकअघि बस्ने परामर्श समितिको बैठकलाई महत्वकासाथ हेरिएको छ । सम्भवत उक्त बैठकले संसद बैठकका लागि एमसीसी कार्यसूचीमा समेट्नेबारे निर्णय हुनेछ ।