Kath Khabar
राष्ट्र उत्थान लघुवित्तको आठ करोड ५० लाख रुपैयाँको साधारण शेयरको बिक्री खुल्ला

काठमाडौं, फागुन ४। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आठ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयरको बिक्री कार्य खुल्ला भएको छ । फागुन चार गते अर्थात आज बुधबारबाट संस्थाको एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ लाख ५० हजार कित्ता साधारण शेयरको बिक्री कार्य खुल्ला भएको हो ।

शेयर निष्कासन एवं बिक्री प्रर्वद्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको संस्थाको साधारण शेयरको बिक्री कार्य छिटोमा फागुन आठ गते र ढिलोमा यही फागुन १८ गते बन्द हुनेछ ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update