Kath khabar
खल्ती मार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सहज


काठमाडौं, फागुन ४ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरूको लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्नेगरी खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरूले यस सेवाको लाभ उठाउन सक्ने भएतापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइनेछ । प्रयोगकर्ताहरूले भुक्तानी गर्नु पूर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ। यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (TMIS) को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले अब खल्ती एप भित्र भएको गभरमेन्ट सर्भिसेस मा रहेको “ब्लुबुक रिन्यु" मा नवीकरणमा ट्याप गरेपछि आवश्यक विवरणहरू भरेर र भुक्तानी गर्न अगाडि बढ्न सक्नेछन् ।

नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लागेका ग्राहकहरूलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि उपलब्ध एप मै उपलब्ध गराइएको छ । भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भिआरएसद्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरूले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्जेक्सनमा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि ग्राहकले ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्न सक्नेछन् ।

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ति’ले योगदान दिँदै आएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update