Kath Khabar
फेरि ओर्लियो नेप्से, १९ अंकले घट्दा तीन अर्ब दुई करोडको कारोबार

काठमाडौं, फागुन ४। नेप्से फेरि ओरालो लागेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पुन १९ दशमलव ८४ अंकले घटेर २७ सय ३४ दशमलव ४४ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ४७ अंकले घटेर पाँच सय १८ दशमलव ६६ अंकमा खुम्चिएको छ । दुई सय ३१ वटा कम्पनीहरूको ३९ हजार छ सय ६८ पटकको कारोबारमा ५६ लाख ५२ हजार एक सय ८२ कित्ता शेयर खरिद बिव्रmी भएकाछन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब दुई करोड ६३ लाख ३० हजार सात सय ८४ रुपैयाँमा सीमित भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत फाइनान्स, निर्जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरूको सूचक घटेकाछन् भने जीवन बीमा र अन्य समुहको सुचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज गुराँस लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी, सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, न्यादी हाइड्रो पावर कम्पनी, बुद्धभूमि नेपाली हाइड्रो पावर लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अपि पावर लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाइड्रो पावर कम्पनी लिमिटेड आदि परेकाछन् ।


 

 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update