Kath khabar
आजको राशीफल

काठमाडौं, फागुन ५ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन ५ गते बिहीबार, तदनुसार ई.सं. १७ फेब्रुवरी २०२२, फागुन कृष्ण प्रतिपदा तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विद्यार्थीको लागि दिन अनुकुल रहनेछ । घरायसी सुख मिल्नेछ । आयका नयाँ स्रोत फेला पर्नेछन् ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारिवारिक दौडधुप बढ्नेछ । यहाँको पराक्रमले अधुरा कार्य पूर्ण हुनेछन् । पुराना मित्रसँग भेट हुनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
इष्टमित्रको साथ र सहयोग मिल्नेछ । खानामा ध्यान नपुग्दा शरीरमा अपचको स्थिति सिर्जना हुनेछ । वाणीमा संयमता आवश्यक देखिन्छ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आर्थिक लाभको साथसाथै पैत्रिक सम्पत्ति प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज दिन अनुकुल रहनेछ । शत्रुहरु परास्त हुनेछन् । अहंकार बढ्न सक्ने हुनाले संयमित रहनु जरुरी छ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आर्थिक व्यय बेहोर्नुपर्नेछ । महत्वपूर्ण निर्णय आज नगर्दा राम्रो । स्वास्थ्यले पनि खासै साथ दिने छैन ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते
रोकिएका काम पूर्ण हुनेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कार्यक्षेत्रमा मानसम्मान साथै पदोन्नति प्राप्त हुनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यले साथले अधुरा काम पूरा हुनेछन् । धार्मिक तथा सिर्जनात्मक कार्यमा मन जानेछ ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शरीरमा रोग र चिन्ता बढ्नेछ । धैर्यताको कमीले बन्न आँटेका काम बिग्रनेछन् । विपरित लिङ्गीप्रति आकर्षण बढ्नेछ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवनसाथीको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । कार्यमा ढिलासुस्ती तथा शरीरमा आलस्यताले दिनभर मानसिक चिन्ता थपिनेछ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
दाम्पत्य जीवनमा केहि टकराव देखापर्नेछ । पार्टनरसिप व्यापारमा केहि किचलो आउन सक्नेछ । आज कसैलाई ऋण सापटी नदिनु नै उत्तम हुनेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सन्तान सुख प्राप्त हुनेछ । ज्ञान विज्ञानका कुरामा मन जानेछ । प्रेमीजनबाट उपहार प्राप्त हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  ०५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update