Kath khabar
बेलायतबाट फर्किनुभएका विनयले खोल्नुभयो, ‘कोशेली थकाली’

काठमाडौं, फागुन ५। ०६० को दशक सुरु भएसँगै नेपाली युवायुवतीहरू लाखौंको सङ्ख्यामा पढ्न, काम गर्न अथवा अवसरको खोजीमा विदेशिए । खासगरी देशमा व्याप्त राजनीतिक भद्रगोल, गरिखाने वातावरणको कमी र बेरोजगारीले धेरै युवा बाहिरिए । त्यसरी बाहिरिने मध्येका एक हुन् निजगढ घर भइ काठमाण्डौ बसोबास गर्दै आउनुभएका विनय गौतम । उमेरले ३५ वर्षीय विनय आजभन्दा १३ वर्ष अघि पढ्न र केही अवसरको खोजीमा बेलायत छिर्नुभएको हो। उहाँले खासगरी बेलायतमा पढ्ने र होटल रेष्टुरेन्ट क्षेत्रमा काम गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘मैले बेलायतमा भाँडा माझ्नेदेखि सुपर सेफसम्म भएर काम गरे । कामलाई सानो ठुलो भन्नुभयो।’

आजै काठमाण्डौको शंखमुलस्थित आलोकनगरमा ‘कोशेली थकाली’ नामको रेष्टुरेन्ट उद्घाटन गर्नुभएका विनयले भन्नुभयो ‘बेलायतको अनुभवले अब उद्यमी भएँ’ । उहाँले कोशेली थकाली मध्यमस्तरको लगानीमा खोलेको बताउनुभयो । जसमा नौ जनालाई रोजगारी दिएको उहाँको भनाई छ। चर्चित नेपाली थकाली ब्रान्डलाई प्रमोसन गर्ने हिसाबले थकाली रेष्टुरेन्ट खोलेको उहाँको भनाई छ। उहाँ भन्नुहुन्छ ‘अर्गानिक हिसाबको थकाली खाना र सेकुवा ‘कोशेली थकाली’को मुख्य पहिचान हुनेछ।’ त्यसका अलावा आफ्नो रेष्टुरेन्टमा ढिँडो, कालिजको मासु, खसिको भुटन र टाउको, मम, चाउमिन, पेय पदार्थ लगायत नेपालमा चली आएका धेरैजसो आइटम पाइने बताउनुभयो । विनय भन्नुहुन्छ ‘हाम्रो रेष्टुरेन्टले गुणस्तरमा कम्प्रोमाइज गर्ने छैन । अजिनोमोटोको प्रयोग हुनेछैन र ओपन किचनको व्यवस्था रहेको छ ।

अर्गानिक खाना खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफ्नो मूल लक्ष्य रहेको उहाँले बताउनुभयो। उहाँले विद्यार्थीलाई १० प्रतिशत छुट रहेको पनि जानकारी दिनुभयो । आफूलाई नेपालमा कमाउनु पर्ने केही नभएको र स्वदेशमै केही गरौं, आफूलाई व्यस्त बनाउँ, रोजगारी सिर्जनामा योगदान दिउँ भन्ने आशयले होटल व्यवसाय थालेको उहाँको भनाई छ ।  

 


 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update