Kath Khabar
रोकिएन नेप्सेको ओरालो गति

काठमाडौं, फागुन ५। नेप्से पुन घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार पनि एक दशमलव ९३ अंकले घटेर २७ सय ३२ दशमलव ५२ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ भने शून्य अंकले घटेर पाँच सय १८ दशमलव ६५ अंकमा स्थिर देखिएको छ । दुई सय २७ वटा कम्पनीहरूको ३४ हजार तीन सय ४६ पटकको कारोबारमा ४० लाख १७ हजार चार सय २९ कित्ता शेयर कारोबार भएकाछन् । जसबाट आज दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार छ सय ६० रुपैयाँको शेयर किनबेच हुन पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र लगानी सहितका आठ वटा समुहहरूको सूचक घटेकाछन् भने जलविद्युत, ट्रेडिङ, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष सहितका पाँच वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज तेह्रथुम पावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था, छ्याङदी हाईड्रो पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, नेरुडे लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने जीवन विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकम आदि परेकाछन् ।


 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update