Kath khabar
धितोपत्र बोर्डको अध्यक्षमा हमाल

काठमाडौं, फागुन ५। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा रमेश हमाल नियुक्त हुनुभएको छ मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

अध्यक्ष छनौटको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समिति गठन गरिएको थियो । सोही समितिले बोर्डको अध्यक्षको लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट गरेको थियो ।

सोही तीन जना मध्येबाट नै मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष हमालले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेकाछन भने नेपाल विद्युत् प्राधिकरणमा आठ वर्ष काम गरेको अनुभव रहेको छ । 

यसअघि बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना रहेका थिए । सर्वोत्तम सिमेन्टको शेयर खरिद बिव्रmी प्रकरणमा मुछिए पश्चात ढुंगानाले पदबाट राजीनामा दिएका थिए । सो पश्चात बोर्ड अध्यक्ष बिहिन भएको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update