Kath khabar
आजको राशीफल

काठमाडौं, फागुन ६। दैनिक राशिफल (वि.सं. २०७८ फागुन ६ गते शुक्रबार, तदनुसार ई.सं. १८ फेब्रुवरी २०२२, फागुन कृष्ण द्वितीया तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पढाइमा सफलता मिल्नेछ । रचनात्मक कार्यमा मन जानेछ । प्रेमले मूर्तरूप लिनेछ । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मन अशान्त र निराश रहनेछ । पारिवारिक कलह बढ्नेछ । वादविवादबाट टाढै रहनु उचित रहनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
धन, वस्त्र तथा आभूषण सुख प्राप्ती हुनेछ । आफन्त र मित्रबाट साथ सहयोग मिल्नेछ । शत्रु परास्त हुनेछन् ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । आफन्तको सहयोगमा धनलाभ हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन अनुकुल रहनेछ । दाम्पत्य सुखमा वृद्धि हुनेछ । नवीन वस्त्र प्राप्त हुनेछ । मनमा प्रसन्नता र आनन्द आउनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन अनुकुल नरहला । म अनावश्यक यात्राले श्रम र धन खर्च हुनेछ । स्वास्थ्यमा खराबी तथा धननाश हुन सक्छ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापार व्यवसायबाट राम्रै लाभ होला । सन्तान सुख मिल्नेछ । मिष्ठान्न भोजन तथा स्त्री पक्षबाट सुख मिल्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज गरेका कार्य सिद्धि हुनेछन् । स्वास्थ्यले पनि साथ दिनेछ । गरेको कार्यको उचित मूल्यांकन हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धार्मिक कार्य तथा नवीन सिर्जनामा मन जानेछ । पिताको आशीर्वादले महत्वपूर्ण काम सफल हुनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्यमा अपचको समस्या देखिन सक्नेछ । मन अशान्त रहनेछ भने आकस्मिक संकटले कष्ट र धनको नास गराउनेछ  ।

कुम्भः  गु, गे, गो, सा, सि, सु, से, सो, द
सुखद यात्राको अवसर मिल्नेछ । व्यापारमा मुनाफा र पार्टनरको सहयोग मिल्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनमा प्रसन्नता छाउनेछ । ज्ञान शत्रुमाथि विजय प्राप्त हुनेछ । शरीरमा जोश, जाँगर र फूर्ति बढ्नेछ ।

 

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०


 

 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update