भक्तपुर, फागुन ६। धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कुमारी पार्कमा नेपालकै प्रथम राष्ट्रिय नृत्य महोत्सव हुदैछ । मध्यपुरथिमि नगरपालिकाको सहयोग एवं सहकार्यमा नृत्य निर्देशक सङ्घ नेपालको आयोजनामा देशभरका ५४० जना नृत्य निर्देशक एवं कलाकारको सहभागितामा आज ६ गते प्रथम राष्ट्रिय नृत्य दिवसको आयोजना गरिने सङ्घका केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठले जानकारी दिनुभयो ।
सातवटै प्रदेशबाट सहभागीहरू आजदेखि आउने क्रम जारी रहेको बताउँदै उहाँले आज बिहान १० बजे शङ्खधर चोकबाट सुरु हुने झाँकीसहितको -यालीमा ४० जिल्लाका कलाकारको झाँकी प्रदर्शन हुने जानकारी दिनुभयो । उहाँका अनुसार ३० जिल्लाका कलाकार एवं नृत्य निर्देशनहरूले कुमारी पार्कमा आफ्नो नृत्य प्रदर्शन गर्नेछन् ।
कार्यक्रममा मध्यपुरथिमिमा नृत्य एवं सांस्कृतिक गुरु श्रीगोपाल प्रजापतिलाई रु १० हजारसहित सम्मान गरिने भएको छ । दिवसलाई महोत्सवका रूपमा आयोजना गरिएको श्रेष्ठले बताउनुभयो। कार्यक्रममा प्याब्सनका १५ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहने छ । शङ्खधर उद्यानबाट सुरु हुने झाँकीसहितको -याली मध्यपुरथिमि नगरपालिका परिक्रमा गर्दै नगदेश पुगेर बोडेमा समापनपछि नृत्य प्रारम्भ हुनेछ ।