काठमाडौं, फागुन ६। आइसिसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ ।
ओमान मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी-१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनायो। नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिनुभयो।
यसैगरी कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६/१६ रन बनाउनुभयो भने ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमल सिंह ऐरीले १ रन बनाउनुभयो।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पार्नुभयो । त्यस्तै विलाल खानले दुई विकेट लिदा फैज बट, जिशान मक्सुदले एक–एक विकेट लिनुभयो । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।