Kath khabar
विश्वकप ग्लोबल छनोटमा नेपालको विजयी सुरूआत

काठमाडौं, फागुन ६। आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले ओमानमाथि सहज जित निकालेको हो ।

नेपाललाई जिताउन कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिनुभयो। जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछानेले २-२ विकेट लिनुभयो भने अभिनास बोहरा र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिनुभयो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोड्नुभयो । सन्दीप लामिछाने १६ रनमा अविजित रहनुभयो ।  

एक सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पार्नुभयो । विलाल खानले दुई-दुई विकेट, फयाज बट, जिसन मक्सुदले एक-एक विकेट लिनुभयो ।

ओमानविरुद्ध नेपालले खराब सुरुआत गरेको थियो । नेपालले दोस्रो खेल शनिबार फिलिपिन्ससँग खेल्नेछ ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update