काठमाडौं, फागुन ६। आगामी आइतबार अर्थात फागुन आठ गते नेपाल राष्ट्र बैंकले पुन १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजे बोलकबोल हुने गरी पाँच वर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘च’ बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले फागुन आठ गते अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ । राष्ट्र बैंकका अनुसार निष्कासन मिति २०७८ फागुन ९ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति २०८३ फागुन नौ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरूपमा व्याज भुक्तानी हुुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ ।
राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ ।