Kath khabar
आजको राशीफल

काठमाडौं, फागुन ७ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन ७ गते शनिबार, तदनुसार ई.सं. १९ फेब्रुवरी २०२२, फागुन कृष्ण तृतीया तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन अनुकुल रहनेछैन । घरायसी कलह बढ्नेछ । शत्रु वृद्धि तथा रोग वृद्धि हुनेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यहाँको पराक्रमले सम्पूर्ण कार्य सिद्धि हुनेछन् । सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
आर्थिक लाभ मिल्नेछ । कुटुम्ब बृद्धि हुनेछन् । पारिवारिक मिलन हुनेछ हर्ष उल्लासका साथ दिन बित्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिनभर भागदौड बढ्नेछ । समयमै काम नबन्दा मानसिक तनाव बढ्नेछ । बोलीमा संयमता आवश्यक छ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सोच विचार गरेर खर्च गर्नुपर्नेछ । मनोरञ्जनका सामाग्री खरीद गर्ने र प्रियजनको लागि मिष्ठान्न भोजनमा अधिक धन व्यय हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । छोटो दूरीको यात्रामा लाभ मिल्नेछ । फसेको धन सानो प्रयत्नमा नै फिर्ता आउनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज गरेका कार्य व्यर्थ खेर जानेछन् । नयाँ लगानी गर्न दिन प्रतिकुल रहनेछ । कार्यक्षेत्रमा उच्च अधिकारीसँग वादविवाद हुन सक्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको साथ सहयोगले मनग्य आम्दानी हुनेछन् । यात्रामा लाभ साथै धार्मिक कार्यमा मन जानेछ । दिन शुभ रहनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पुरानो रोगले केहि कष्ट दिनेछ । व्यापारमा अप्रत्याशित नोक्सानी बेहोर्नुपर्ला । काममा मन लाग्नेछैन ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवन साथीको सहयोग मिल्नेछ । अनुहारमा चमक बढ्नेछ भने धार्मिक आस्था बढेर जानेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
चिसोले समस्या बढ्नेछ । अचानक स्वास्थ्य खराब हुँदा शरीरमा कष्ट तथा धन नाश हुनेछ । वादविवादबाट टाढै बस्नुहोेला ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पढाइलेखाइमा मन जानेछ । सन्तान सुख प्राप्त हुनेछ । साझेदारी व्यापारबाट राम्रो मुनाफा हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 


 

 

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update