Kath khabar
आजको राशीफल

काठमाडौं, फागुन ८ । दैनिक राशिफल (वि.सं. २०७८ फागुन ८ गते आइतबार, तदनुसार ई.सं. २० फेब्रुवरी २०२२, फागुन कृष्ण चतुर्थी तिथि)

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मन आनन्दित रहनेछ । शत्रुमाथि बिजय प्राप्त हुनेछ । स्वास्थ्यले साथ पदनेछ भने धनप्राप्ती हुनेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पढाईमा मन जानेछ । प्रेममा सफलता मिल्नेछ । सन्तान सुख प्राप्ती हुनेछ भने सिर्जनात्मक कार्यमा मन जानेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
मनमा निराशा छाउनेछ । पारिवारिक कलह बढ्ने तथा वादविवादका कारण दिनभर तनाव र अशान्ति बढ्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नवीन वस्त्र प्राप्त हुनेछ । आफन्तको सहयोगले धनलाभ हुनेछ । स्वाथ्यलाभ तथा शत्रुमाथि विजयप्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलीको प्रभावले सबै काम बन्नेछ । आफन्त र परिवारसँग सुमधुर पल बित्नेछ । मिष्ठान्न भोजन तथा धनलाभ हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन सुखपूर्वक बित्नेछ । प्रियजनबाट उपहार प्राप्त हुन सक्नेछ । मनमा प्रसन्नता छाउनेछ भने दाम्पत्य सुखमा वृद्धि हुनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
अनावश्यक यात्राले धन र समयको खर्च गराउँनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला । अनावश्यक कार्यमा उर्जा खर्च हुनाले मानसिक तनाव र शारीरिक थकान महसुस हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यापार व्यवसायमा सोचेजस्तै लाभ हुनेछ । सन्तानबाट सुख मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
आज गरेका कार्य सिद्धि हुनेछन् । स्वास्थमा सुधार आउनेछ । यहाँले गरेका कार्यको उच्च मूल्यांकन हुनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भाग्य बलियो छ । यात्रामा सफलता र लाभ मिल्नेछ । भक्ति भावमा मन जानेछ आज गरेका कार्य सिद्धि हुनेछन् ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्यमा समस्या आउन सक्ला । मनमा छटपटि बढ्नेछ । अनावश्यक डरत्रास र भयले मनमा डेरा जमाउनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापारमा सफलता साथै धनलाभ हुनेछ । दाम्पत्य सुख बढ्नेछ । स्वास्थ्यले साथ दिनेछ भने यात्रा सुखद हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  ०५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update